काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएको छ । मंसिर १६ गते हुने उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आइतबार दल दर्ताको निर्णय गरेको हो ।
यही असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको थियो । जसमा २६ दल दर्ताको निवेदन दिएका थिए । निवेदनमाथि अध्ययन गरी कानुनी रीत पूरा भएका दल दर्ता गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।