काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले राष्ट्रसङ्घको ७९ औं महासभामा सहभागिताबारे जानकारी गराएका छन् ।
प्रधानमन्त्री राष्ट्रसंघको महासभाका लागि असोज ४ गते अमेरिका गएको थिए । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । उनी असोज १४ गते स्वदेश फर्किएका थिए ।