काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित भद्रबासमा डेंगु संक्रमणमा रगतको अभावलाई कम गर्न रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । स्व. भवानी पौडेल स्मृति प्रतिष्ठानको आयोजनमा शनिबार रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा २८ अठ्ठाइस जना रक्तदाताले रगत दान गरेको कागेश्वरी मनोहरा रेडक्रसका सभापति वासु पौडेलले जानकारी दिए । कार्यक्रमको संयोजन नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा र कागेश्वरी मनोहरा युवा क्लवले गरेको थियो ।
बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आयोजना गरिएको कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुँयाल प्रमुख अतिथि रहेका थिए । प्रतिष्ठान का संरक्षक दामोदर प्रसाद पौडेलको अध्क्षतामा भएको कार्यक्रमा काठमाण्डौं जिल्ला रेड्क्रसका मन्त्री र सदस्य पनि उपस्थित थिए।