काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । पार्टी केन्दीय कार्यालय च्यासलमा साँझ पाँच बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा समसमायिक विषयमा छलफल हुने जनाइएको छ ।
यसअघिको सचिवालय बैठकले पार्टी कार्यालय बनाउनका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दम्पतिले दान दिएको जग्गा स्वीकार गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयले एमालेले आलोचना खेपिरहेको छ ।