काठमाडौं । नेकपा (एमाले)ले तीन जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टी निर्णय विपरित सार्वजनिक अभिव्यक्ति दिएकाले स्पटीकरण सोध्ने निर्णय गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।यसअघिको बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।
उक्त निर्णयप्रछि पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । पूर्व उपाध्यक्ष रावललाई भने पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएका छन् ।