काठमाडाै । डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ । जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ । डेंगीबाट सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौंमा चार हजार ६० जनामा संक्रमण भएको छ ।