काठमाडौं । प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)ले ५०\५० लाख हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई दलका नेताहरुले आइतबार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, नेपाल व्यवसायी विकास परिषद्ले एक करोडको चेक हस्तान्तरण गरेको छ । आइएमइ ग्रुपले पनि प्रधानमन्त्रीलाई पाँच करोडको चेक हस्तान्तरण गरेको हो । त्यस्तै नेपाल इन्स्योरेन्सले ५० लाख, एनएमबी बैंकले ५१ लाख, मेटलाइफ इन्स्योरेन्सले २५ लाखको चेक प्रधानमन्त्रीलाई बुझाएको हो ।
असोज ११ र १२ गते परेको भारी वर्षाले देशका विभिन्न भागमा धन जनको क्षति गरेको थियो । सोही बाढी प्रभावितहरुका निम्ति उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय दलहरुले गरेका थिए । राजनीतिक दल, विभिन्न संघ संस्थाले घोषणा गरे अनुसारको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरिरहेका छन् ।