काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन अपराह्न ३ बजेदेखि टीका तथा प्रसाद प्रदान गर्ने भएका छन् ।शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका छन् ।
उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश मन्त्री, संघीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जंगी अड्डा, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकलाई ३ः३० बजेसम्म टीका लगाइदिनेछन् ।
यस्तै इच्छुक नागरिकका लागि अपराह्न ३ः३० बजे देखि ५ बजेसम्म टीका लगाइदिने विज्ञप्तिमा उल्लेख छ । टीका ग्रहण गर्न आउने व्यक्तिका लागि मर्यादित पोसाक र प्रवेश गर्न प्रवेशद्वार नं १ तोकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।