काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा शनिबार (भोलि) रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वर्गीय भवानी पौडेल स्मृति प्रतिष्ठान, भद्रवासको आयोजनामा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रमको संयोजन नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा र कागेश्वरी मनोहरा युवा क्लव, वडा नम्बर ३ ले गर्दैछन् ।
कार्यक्रम बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म रेडक्रस भवन परिसर भद्रबासमा हुने कागेश्वरी मनोहरा रेडक्रसका सभापति वासु पौडेलले जानकारी दिए ।
दाताहरुलाई विशेष सम्मान गरिने जनाइएको छ ।डेङ्गु संक्रमण उपचारमा रगत तथा रक्ततत्वको चरम अभावलाई पुर्तिमा सहयोग पुर्याउन कार्यक्रम गरिन लागेको बताइएको छ ।