जागृत प्रसाद भट्टराई
पर्खन सक्नु भनेको
बाँच्न सक्नु हो
जीवन लम्ब्याउनु हो
मुनाले पनि त अन्तिम साससम्म पर्खेकी थिइन मदनलाई
सके जति जीवन लम्ब्याएर ।
पर्देशी छोरोको पर्खाइमा
जीवन लम्ब्याइरहेका कयन नेपाली आमा जस्तै
दुधे बालकले आमाको दूध पर्खेजस्तै
अन्धकारले उषाको एउटा किरण पर्खे जस्तै
म पनि पर्खी रहेछु
एउटा बन्द पिजडामा
भबिस्य कुध्ने बाहानामा
झुसिलकिरा बाट पुतली बन्ने बाहानामा ।
पर्खाइ यस्तो होस
जसमा पर्खिनुको एउटा झिनो कारणले जीवन दिओस
आईसियुको बिरामिलाई अक्सिजन दिएजस्तै
घामले बिरुवालाई हरियाली दिएजस्तै ।
हुन त आखिर जीवन भनेकै पर्खाइ न हो
रित्तो हुनुको पर्खाइ
सकिनुको पर्खाइ
परलोक तर्ने पालोको पर्खाइ!!!