काठमाडौं । अब गोजीमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोक्नु नपर्ने भएको छ । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार डिजिटल लाइसेन्स जाँच प्रविधिको उद्घाटन गरे । उनले उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा प्रविधि लागु भएको घोषणा गरे ।
अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ट्राफिक प्रहरीलाई देखाउँदा हुने कार्यक्रममा जानकारी गराइयो ।
नागरिक एपमा भएको लाइसेन्स जाँचका लागि ट्राफिक प्रहरीले आफ्नो छुट्टै स्मार्टफोन प्रयोग गर्ने छ ।
नागरिक एपमा उपलब्ध लाइसेन्ससँगै रहेको क्यूआर कोड स्क्यान गर्दा चालकको विवरण ट्राफिक प्रहरीले प्रयोग गरेको स्मार्टफोनमा देखिने छ ।