काठमाडाै । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। सोमबार नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ। सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आइतबार चार अर्ब ७३ करोडको कारोबार भएकोमा यसदिन पाँच अर्ब ३४ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६१ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०७ वटा धितोपत्रको एक करोड चार लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच भएको हो । सोमबार २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ।