काठमाडौं । साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत कात्तिक १४ गते दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनलका लागि टिकट बिक्री वितरण रोकिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि टिकट बिक्री रोकिएको जनाइएकाे छ ।
आइतबार दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौँमा साफ वुमेन्स च्याम्पियनसिप–२०२४’ को सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको’ एन्फाले जनाएको छ।
एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न-नगराउन भनेको हाे । अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट खरिद नगर्न पनि दर्शकसँग आग्रह गरेको छ।