काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचनका लागि केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।
महामन्त्री विश्वप्रकाश शर्मा संयोजक रहने गरी ९ सदस्यीय समिति गठन गरेका हुन् ।
सदस्यमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार छन् । त्यस्तै, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य सदस्य रहेका छन् ।
प्रकाश शर्माले सदस्य सचिवको जिम्मेवारी पाएका छन् । मंसिर १६ गते स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । त्यसका लागि मंसिर २ गते उमेदवारी दर्ताकाे कार्यक्रम छ ।