काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका भद्रवासमा रहेको मनास्लु वर्ल्ड स्कुलले यही चैत १६ गते छैठौं वार्षिक उत्सव मनाउने भएको छ । संस्थापक निर्देशक दिनेश घिमिरेले वार्षिक उत्सवका अवसरमा विभिन्न व्यक्तिहरुलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान पनि गरिने बताए । कार्यक्रम दिउँसाे ११ बजेबाट विद्यालय प्रांगणमा हुनेछ ।
सोही अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने भएको छ । चर्चित गायक निशान भट्टराई लगायतको उपस्थिति रहने स्कुलले जनाएको छ ।
०८२ बाट कक्षा ५ सम्म पढाउने तयारी पनि गरिएको घिमिरेले जानकारी दिए । वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन विद्यालयले सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक लगायतमा समेत आह्वान गरे ।